१८ वर्षीय नेपालि ह्याकर नरपिचास पक्राउ परेका छन्ः

काठमाडौं, २६ पुस – चर्चित ह्याकर नरपिचास भनिने निखिल अर्यालले भायनेटको वेभसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गरेपछि पक्राउ परेका छन् ।

ह्याकर नरपिचासले भायनेटको वेभसाइट ह्याक गरेको उजुरी पर्नासाथ नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान शुरु गरेको थियो । आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले १८ वर्षीय ह्याकर नरपिचासलाई रुपन्देहीको तिलोत्तम नगरपालिका–१ मा अवस्थित उनकै घरबाट अपरान्ह ४ बजे पक्राउ गरि काठमाडौं तर्फ ल्याइदैछ ।